निर्मला हत्या प्रकरणः १२ गते आइपुगेका बाबुको ११ गते नै मुचुल्‍कामा औँठाछाप – दाङ खबर
Global Luja Dang

निर्मला हत्या प्रकरणः १२ गते आइपुगेका बाबुको ११ गते नै मुचुल्‍कामा औँठाछाप

MadanBhandari College

काठमाडौं, असोज १० – गृहमन्त्री रामबहादुर थापा बादलले कञ्‍चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्यापछि प्रहरीले अनुसन्धान गर्दा गम्भीर गल्ती गरेको बताएका छन्। उनले प्रहरीले अनुसन्धानका लागि शवको मुचुल्का उठाउने क्रममा गम्भीर गल्ती गरेको बताए।

बुधबार संघीय संसद् प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा महिला हिंसा तथा हत्या बलात्कारबारे जवाफ दिँदै गृहमन्त्री थापाले पन्तको शव उठाउने बेला प्रहरीले गरेको गल्ती खुलासा गरेका हुन्।

‘यस्तो घटनामा प्रहरीले घटनाका प्रमाणहरू विश्वव्यापी रूपमा बचाउनुपर्ने हो, तर लुगा जलाइदिएको छ,’ उनले भने, ‘मुचुल्का उठाउँदा साउन ११ गते निर्मलाका बुबाको औँठा छाप मुचुल्कामा लगाइएकोछ, जबकि उनका बुबा साउन १२ गते मात्र भारतबाट नेपाल आएका थिए।’

थापाले गल्ती गर्नेहरूलाई त्यहाँका प्रहरी अधिकृतहरूलाई निलम्बन गरिसकिएको बताए। मंगलबार छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्रीले संसदीय समितिलाई जानकारी गराएका हुन्।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close