Victoria College Dang

सहिद कृष्णसेन इच्छुकको घर जिर्ण बन्दै – Page 2018 – दाङ खबर

सहिद कृष्णसेन इच्छुकको घर जिर्ण बन्दै

MadanBhandari College

दिवाकर पोख्रेल,
देउखुरी, जेठ ८ । दाङ अर्घाखाँची जिल्लाको सीमामा रहेको सहिद कृष्णसेन इच्छुकको पुर्खौली घर संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ । दाङको भालुवाङ नजिकै रहेको सहिद इच्छुकको पुर्खौली घर हाल अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडानम्वर–७ सातमारामा पर्दछ । घरले छाएको दुई कोठाको सहिदका घर रेखदेख गर्ने काम स्थानीय व्यक्तिलाई दिए पनि अज्ञात समूहले गत साल आगो लगाइदिएपछि नस्ट भएको घरलाई मर्मतसम्भार गर्ने काम कोही कसैबाट हुन सकेको छैन ।

सहिद इच्छुककै नाममा प्रतिष्ठान स्थापन गरेर इच्छुकको योगदान उहाँको ऐतिहासिक गतिविधि झल्कने पार्क निर्माण गर्ने भनिए पनि हालसम्म केहि दुई चार वटा साहित्यिक तथा पत्रकारिता सम्बन्धी पुरस्कार स्थापना गर्ने काम बाहेक अरु कुनै काम हुन सकेको पाइदैन । सितगंगा नगरपालिकामा करिव एक विगाहा क्षेत्रफलको जग्गामा अहिले मनमारा झारले ढाकेको छ । सहिद इच्छुकको सम्झना गर्न प्रत्येक वर्ष उच्च पदस्थ व्यmक्तहरु उक्त स्थानमा पुगेर शब्दले इच्छुकलाई सम्झने पछि फर्केर नआउने स्थानीयहरु बताउँछन् । घर भत्केको छ, रुख बिरुवा आफू खुसी काटिएका छन् ।

इच्छुकको पुर्खौली घरको संरचना नै परिवर्तन भएको छ । स्थानीयहरुले सहिदको आफ्नै घरको संरक्षण नहुँदा दुःख लागेको बताउँछन् । स्थानीय बेली विकले सहिदको घर र सम्पत्ती संरक्षण हुन नसक्नु दुःखद् रहेको बताउनुहुन्छ । ‘हामीहरुले आउने मान्छेलाई सहिद घर हो भनेर देखाइदिन्छौं । कृष्णसेनको घर भनेपछि मान्छेहरुले चासो दिएर हेर्छन् , फोटो खिच्छन् । तर, यसको संरक्षण गर्न प¥यो भनेर कोही आउँदैन–उहाँले भन्नुभयो । सहिद पार्क, सहिदको सालिक राखेर ऐतिहासिक महान् सहिदको सम्मान गर्न सकिने सम्भावना रहे पनि यतातर्फ कसैको चासो पुगेको पाइदैन ।

दाङको भालुवाङमा सहिद इच्छुक स्मृति पार्क निर्माण समिति बनाएर पार्क निर्माण प्रक्रिया अघि बढाउँदा वन कार्यालयसँग समन्वय नहुँदा जग्गा प्राप्त गर्न नसकेपछि उक्त काम पनि अलपत्र परेको छ । सहिद इच्छुकको जग्गा पूर्वपश्चिम राजमार्गको बीचमा रहेको वन कार्यालयसँग जग्गा माग गरेर पार्क बनाउन खोज्दा नमिलेको सहिद इच्छुक पार्क निर्माण समितिका अध्यक्ष भिमार्जुन सुवेदीले जानकारी दिनुभयो । स्थानीयकै पहलमा केन्द्र सरकारबाट २ लाख ५० हजारमा तीन वर्ष पहिले घरको जीर्णोद्धारको काम गरिएको होे–सुवेदीले भन्नुभयो । सोही स्थानमा १६ लाखको लागतमा इच्छुक प्रवेस द्वार बनाइएको छ । माओवादी आफूहरुको सहिदका रुपमा लिएर माओवादीकै सक्रियतामा केही साना तीना काम भए पनि माओवादीभित्र आएको विभाजनले यसमा पनि समस्या उत्पन्न भएको पार्क निर्माण समितिका अध्यक्ष सुवेदी बताउनुहुन्छ ।

सहिद कृष्ण सेन इच्छुक प्रतिष्ठानका सदस्य सचिव हिरामणि दुःखीले दाङमा धेरै काम नभए पनि अन्य क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो । सातमारामा भने जस्तो गर्न सकिएको छैन । इच्छुकको परिवार भित्र जग्गामा अंशबण्डा नभएको अवस्थामा नयाँ संरचना बनाउन नसकिएको हो–दुःखीले भन्नुभयो ।

सहिद इच्छुक २०५२ सालमा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा साहित्य र पत्रकारिताको माध्यम वाट जनजीविका, र परिवर्तनको पक्षमा कलम चलाएको आरोपमा तत्कालिन सरकारले गिरप्तार गरी हत्या गरेको थियो । जनादेश पत्रिकाका सम्पादक समेत रहनु भएका इच्छुकले धेरै प्रकासित अप्रकासित साहित्यिक सामग्री रचना गर्नुभएको थियो ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्