तीजले छाडेर गएको सन्देश (भिडियाेसहित) – दाङ खबर
Global Luja Dang

तीजले छाडेर गएको सन्देश (भिडियाेसहित)

Birala Tyre Dang

दाङ, असोज २ । हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीज हालै सकिएको छ । अघिल्ला वर्षहरुझैं यस वर्ष पनि तीजको उल्लासमा महिलाहरु झुमेका छन् ।

जतिजति समय घर्किदैछ, त्यतित्यति पछाडिका तीजहरुमा बिकृति र बिसङ्गति भित्रिदै गएका छन् । अघिल्ला वर्षहरु भन्दा यस वर्ष अलि बढी बिकृति देखिए । तीजको एक महिला अगाडिदेखि नै होटेल बुक गरेर दरखाने कार्यक्रम आयोजना गरिए । तीजमा दुःख सुखका गीत भन्दा अस्लिल गीतहरु बढी घन्किए । दरका नाममा मासु, चिउरा, ह्वीस्की वियर खाँदै रमाइलो गरिएको पनि देखियो ।

विभिन्न संघसंस्थाहरुले तीजलाई विकृतिरहित बनाउन अभियान थालेको यदाकदा देखिए तापनि त्यो भन्दा बढी तीजमा कपडा र गहना प्रदर्शन गरिएको देखियो । उसको भन्दा महंगो साडी, गहना लगाउँछु, भन्ने देखासिकीले अलि बढी स्थान लिएको देखियो ।

तीजकै बीचमा हाम्रा मौलिक सांस्कृतिक पक्ष्यहरु पनि कतैकतै देखिए । मादलु र बाँसुरीको तालमा कम्मर भाँचिएको दृश्य पनि यदाकदा देखिए । यसरी हेरिल्याउँदा तीज बिदा भएर जाँदैगर्दा तीजले हामीलाई गम्भीर सन्देश दिएर गएको छ । हाम्रा संस्कृति, परम्परा, रीतिरिवाज हाम्रा पहिचान हुन् । यिनको संरक्षणमा हामी लागिपर्नुपर्छ भन्ने सन्देश तीजले छाडेर गएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close