हत्या विरोधमा लिबाङ बन्द – दाङ खबर
Global Luja Dang

हत्या विरोधमा लिबाङ बन्द

MadanBhandari College

 रोल्पा, भदौ २४ – तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्या विरोध स्वरुप तरुण दलले सोमबार रोल्पाको सदरमुकाम लिबाङ बजार, यातायात र शिक्षण संस्था बन्द गराएको छ । आइतबार बेलुका पौने पाँच बजे पुनको पुर्वी सुलिचौरको रेष्ट प्वाईन्ट रेष्टुरेन्टमा गोली हानी हत्या भएको थियो । सोही हत्याका दोषीमाथि कडा कारवाही गर्न र फरार रहेका व्यक्तिहरुको यथाथीघ्र पक्राउ गर्न माग गर्दै लिबाङ बजार बन्द गरिएको आयोजकले जनाएको छ । बन्दका कारण बिहानैदेखि बजार सुनसान छ । लामो र छोटो दूरीका सवारी साधन चलेका छैनन् ।

विरोध स्वरुप बन्द गर्न तरुण दल र पीडित पक्षले आइतबार साँझ नै बजारमा माइकिङ गरेका थिए । घटनाका सबै दोषीलाई पक्राउ गरिनुपर्ने र उनीहरुलाई आजिवन कारावासको ग्यारेन्टी नभई शब नबुझ्‍ने परिवारले जनाएका छन् । पोष्टमार्टमका लागि प्रहरीले शव घटनास्थल सुलिचौरबाट जिल्ला अस्पताल रेउघा ल्याएको छ ।

मृत्युको खबरले सबै स्तब्ध बनेका छन् । खुलेआम दिउँसै गोली प्रहारको घटनाले सुलिचौर बजारवासी सन्त्रस्त छन् । मृत्यु भएका रोहितको रोल्पा नगपालिका–२ सिमलबाङ गाउँ शोकमा डुवेको छ । परिवार र आफन्त मर्माहत बनेका छन् ।

रोल्पाको सुलीचौरमा गोली चल्यो, एकजना युवाको मृत्यु
गोली हानेको आरोपमा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई प्रहरीले सोमबार नै पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिपक खड्का अनुसार घटना हुँदा सँगै रहेका चार युवालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका–२ का प्रकाश डाँगी ‘वादल’, निरज श्रेष्ठ, प्रकाश डाँगी र दिपक पुन छन् ।
घटना हुँदा सँगै रहेका केही युवा फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी गर्न प्रहरीको व्यापक परिचालन गरिएको छ । घटनाको कारण अभैm खुलेको छैन् । लेनदेनमा विवाद रहेको सँगै रहेका युवाले बताएका छन् । प्रहरीको प्रारम्भीक अनुसन्धानमा फेसबुकको स्टाट्सबाट चुलिएको विवादका कारण घटना भएको बुझिएको छ । ‘गहिरो अनुसन्धान जारी छ । फरार रहेका भनिएको खोजी कार्यमा प्रहरी खटिएको छ ।’, प्रनाउ खड्काले भने ।

तरुण दलले तत्कालीन माओवादी केन्द्र निकट मानिएका देवबहादुरको समूहले सत्ताधारी नेकपाको आदमा गोली चलाएको आरोप लगाएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व सिंचाई राज्यमन्त्री अमरसिंह पुनमगरले घटनाको निन्दा गरेका छन् । घटना अपराधीक रहेको उनले प्रतिक्रिया दिए । दोषी उपर कडा कारवाही हुनुपर्ने माग पनि उनले गरे । बन्दबारे नेपाली कांगे्रेसले केही प्रतिक्रिया दिएको छैन ।

उता नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा ‘धु्रव’ ले अपराधीक घटनालाई राजनीतिकरण गर्न नहुने बताएका छन् । अध्यक्ष धु्रवले भने, ‘दोषी उम्कनु हुन्न । अपराधीक घटनालाई राजनीतिक रंग दिँदा फाइदा कसैलाई हुन्न । दोषीलाई कानूनी कठघरमा ल्याउन र निश्पक्ष अनुसन्धानमा सघाउन सबैले पहल गर्नुपर्छ ।’बन्दमा अप्रीय घटना हुन नदिन प्रशासनले सुरक्षा संवेदनशिलता अपनाएको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close