Victoria College Dang

एक वर्षीय विप्लवलाई बचाउन अभियान – दाङ खबर

एक वर्षीय विप्लवलाई बचाउन अभियान

MadanBhandari College

सुर्खेत, भदौ २२ –   मुटुमा प्वाल भएका अछाम मंगलसेन– १३ का एक वर्षीय विप्लव धामीको उपचार हुने भएको छ। विंग्स फाउन्डेसन सुर्खेतले ‘विप्लव बचाउ अभियान’ सञ्चालन गर्ने भएपछि उपचार हुने भएको हो।

विंग्स फाउन्डेसनकी सामाजिक अभियन्ता नेपाल बाल पोलिक्लिनक सुर्खेतमा कार्यरत अहेब प्रतिमा चपाईँ र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा स्टाफ नर्समा कार्यरत कल्पना बस्नेतको अगुवाइमा ‘विप्लव बचाउ अभियान’ सञ्चालन हुन लागेको हो। विंग्सका क्रियाशील सदस्य अहेब गौतम र स्टाफ नर्स बस्नेतले आफैँले केही र सामाजिक सञ्जालमार्फत सहयोग संकलन गर्ने बताएका छन्।

फाउन्डेसनका प्रमुख एवं नेपाल बाल पोलिक्लिनिक सुर्खेतका सञ्चालक तथा बालरोग विषेशज्ञ डा.नवराज केसीले पनि विप्लवको जीवन रक्षाका लागि सक्दो सहयोग गर्न सबैसँग आग्रह गरेका छन्। डा. केसीका अनुसार जन्मँदै रहेकाे प्वालको समयमा नै शल्यक्रिया नभए विप्लवको ज्यान जाने उच्च जोखिम छ।’

सरकारले मुटुरोगको उपचार निःशुल्क गर्ने भए पनि अन्य खर्च समेत व्यहोर्न सक्ने अवस्था नभएकाले छोराले उपचार पाउन नसकेको विप्लवकी आमा भावना न्यौपानेले बताइन्। ‘उपचारका लागि दुई लाख लाग्छ रे,’ उनले भनिन्, ‘बिहान साँझ छाक कसरी टार्ने चिन्ता छ, उपचार गर्न दुई लाख पैसा कहाँबाट ल्याउनु।’

हाल सुर्खेतको पञ्चपुरी नगरपालिका–७ छाप्रे स्थित माइतीमा बस्दै आएकी भावनाका श्रीमान् अमर धामी मजदुरीका लागि काठमाडौंमा छन्। अभियानमार्फत विभिन्न व्यक्ति तथा संस्थाहरूबाट आर्थिक सहयोग जुटाएर विप्लवको उपचार गर्ने जनाइएको छ। विंग्स फाउन्डेसनकै सहयोगमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा आगामी कातिक १२ गते शल्यक्रिया हुने भएको छ। बालकका परिवारले सहयोगका लागि ९८२४५८६२७८ र ९८१५५७९४०४ मा सम्पर्क गर्न अाग्रह गरेको छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close