Victoria College Dang

किन ल्याईदैछ प्रकाण्डलाई दाङ ? – Page 2018 – दाङ खबर

किन ल्याईदैछ प्रकाण्डलाई दाङ ?

MadanBhandari College

दाङ, भदौ २१ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटी लिएर तारिखमा रिहा गर्न आदेश दिएको लगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ ।

गत कात्तिकमा चुनाव प्रचारप्रसारको क्रममा पूर्व सञ्चारमन्त्री तथा प्रदेश नं। १ का वर्तमान मुख्यमन्त्री शेरधन राईको गाडीलाई लक्षित गरेर, षडानन्द नगरपालिकाको भिरथाप्लोमा बम विस्फोट गरेर र साल्पा सिलिछो गाउँपालिकाको आमसभालाई लक्षित गरी बम विस्फोट गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रकाण्डविरुद्ध भोजपुर अदालतमा मुद्दा दर्ता थियो ।

पछि थप प्रमाण बुझ्दै जाने क्रममा ठहर भए बमोजिम हुने गरी हाललाई ६० हजार धरौटी लिएर तारेखमा छाड्न अदालतले आदेश दिएको थियो ।जिल्ला न्यायाधीश हरिसचन्द्र इङ्नामको इजलासले प्रकाण्डलाई शेरधन राई चढेको गाडीमा र भीरथाप्लोमा बम विस्फोट गराएको घटनामा २५र२५ हजार र साल्पासिलिछो घटनामा १० हजार धरौटी लिएर तारीखमा छाड्न आदेश दिएको थियो ।

धरौटी रकम दाखिला गरेर अदालतबाट निस्कँदा निस्कँदै पुनः नेता प्रकाण्डलाई प्रहरीले पक्रेको हो ।
उनलाई कर्तव्य ज्यानको अर्को मुद्दाको सन्दर्भमा दाङ लगिने बताइएको छ । तर, भोजपुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेवेले दाङ लग्ने पुष्टि गरे ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्