Florence Hospital Dang
Majestic Hotel Dang

भूमि व्यवस्थापन भए छत्तीस लाखको हातमा लालपुर्जा-चौधरी

Birala Tyre Dang

दाङ, भदौ १९ । प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले राज्यले भुमिको व्यवस्थापन गर्न सकेमा एकै पटक ३६ लाख बढी जनताले लालपुर्जा पाउने बताउनुभएको छ ।

प्रतिनीधिसभामा सोमबारको बैठकमा भूमि सम्बन्धि सातौं संशोधनको सैद्धान्तिक छलफल गर्दै सांसद चौधरीले भुमि व्यवस्थापन हुन सके एकै पटकमा ३६ लाख ५६ हजार २ सय ५ जनाले लालपुर्जा बताउनुभएको हो ।

एक सय ४५ वर्ष अगाडि डोरीले नापेको आधारमा काम चलाई रहेको भन्दै चौधरीले भुमि ढंगले व्यवस्थापन हुन सकेमा सदियौँदेखि रहदै आएका समस्याहरु समाधान हुने बताउनुभएको थियो । भूमिको उचित व्यवस्थापन गर्न सकेमा ६२ जिल्लाको साविकका एक सय १४ गाविसका सात सय ४० स्थानका जनताले जग्गाको स्वामित्व पाउने बताउनुभएको थियो ।

यस्तै गुठीको जमिनलाई अधिया शर्तमा व्यवस्थापन गर्दा दुई लाख २० हजार चार सय ९५ बिगाह जमिन व्यवस्थापन हुने चौधरीलृ बताउनुभयो । नेपालमा २९ लाख २४ हजार नौँ सय ६४ बिगाह मोही किसानहरुको संख्या रहेको भन्दै अधिया शर्तका आधारमा व्यवस्थापन गर्न सकिने जसले सात लाख ३१ हजार दुई सय ४१ बिगहा जमिनको व्यवस्थापन हुने उहाँले दाबी गर्नुभयो ।

सही ढंगले जमिनको नापी हुन सकेमा भुमिमा देखिएका सबै प्रकारका समस्या समाधान हुने बताउनुभएको हो । यस्तो अवस्थामा देशमा कोही पनि जमिन नभएको जनता नहुने बताउनुभयो । भुमिमा गरी खानेहरुले भन्दा पनि सम्पन्न वर्गमा जमिनको अधिकार रहेको भन्दै समाधानका लागि सरकारलाई पहल गर्न आग्रह गर्नुभयो ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close