कर शिविरमा १ सय ६६ व्यवसायी थपिए – दाङ खबर
Global Luja Dang

कर शिविरमा १ सय ६६ व्यवसायी थपिए

MadanBhandari College

दाङ, भदौ १६ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कर शिविर सकिएको छ । शिविर बुधबारबाट सुरु भए र शुक्रबार सकिएको हो ।

शिविरमा १ सय ६६ वटा नयाँ व्यवसाय दर्ता भएका छन् । यसरी नयाँ दर्ता भएका मध्ये विगतका समयमा भन्दा यस वर्ष महिला व्यवसायीहरुको संख्या बढेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो ।

त्यसैगरी पशुपालन सम्वन्धी दर्ता गर्नेहरु बढेको भुसालको भनाइ रहेको छ । शिविरमा ४ सय ४२ जनाले सेवा लिएका छन् । भने २ सय ७६ जनाले नविकरण गराएका छन् ।

शिविरमा आन्तरिक राजस्व कार्यालय, घोराही उप महानगरपालिका कार्यालय तथा दाङ उद्योग वाणिज्य संघबाट प्रदान गरिने सेवा प्रदान गरिएको थियो । शिविरमा नयाँ व्यवसाय दर्ता, आन्तरिक राजश्व कार्यालयमा बुझाउने राजश्व, व्यवसाय नविकरण, पाननम्वर ल्याउने सुविधा दिएको थियो ।

व्यवसायीहरुलाई सहजताका लागि कर शिविर आयोजना गरिएको उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले जानकारी दिनुभयो । व्यवसायीहरुको सहजताका लागि ३ निकायको सहकार्यमा शिविर सञ्चालन गरिएको कार्कीको भनाइ रहेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close