Victoria College Dang

मोटरसाईकल नहुँदा अभिनेता प्रदीपलाई प्रेममा धोका – Page 2018 – दाङ खबर

मोटरसाईकल नहुँदा अभिनेता प्रदीपलाई प्रेममा धोका

MadanBhandari College

भदौ १४ –अभिनेता प्रदीप खड्काले आफुले सँधै प्रेममा धोका खाने गरेको खुलासा गरेका छन् । बुधबार राजधानीमा एक समारोहमा प्रेमबारे आफ्ना अनुभव सुनाउने क्रममा यी अभिनेताले यस्तो खुलासा गरेका हुन् । आफुसँग मोटरसाईकल नभएकै कारण कलेज पढ्दा प्रेमिकाले धोका दिएको पनि प्रदीपले बताएका छन् ।

आफ्नो सबैभन्दा दुखद प्रेमकथा सुनाउँदै यी अभिनेताले भने,‘म त्यतिबेला प्रसादी एकेडेमीमा प्लस टुमा अध्ययनर थिएँ । एउटी युवतीलाई प्रेम गर्थेँ र मसँग मोटर साईकल नभएकै कारण उनी मबाट टाढा भईन् ।’ त्यतिबेलाको भ्यालेन्टाईन डेको घटना सम्झँदै यी अभिनेताले भने,‘ मेरी प्रेमिकालाई भ्यालेन्टाईन डेको दिन रोज (गुलाब) र लेडिज व्याग किनेर उनलाई दिन कलेजको गेटमा पुगेको मात्र थिएँ । मेरै अगाडि अर्को केटाले मेरी प्रेमिकालाई मोटरसाईकलमा राखेर डेटिङमा लग्यो ।’ त्यो दिन आफुलाई जीवनकै सबै भन्दा पीडा भएको पनि उनले बताए ।

ती प्रेमिकालाई दिनको लागि लेडिज व्याग व्याक गरेको प्याकेट आफुले अझै सुरक्षित राखेको पनि यी अभिनेताले बताए । त्यो भ्यालेन्टाईनमा प्रेमिकाले धोका दिनुको कारणबारे उनले भने,‘ती प्रेमिका मोटरसाईकल प्रेमी थिईन् । उनले एकै पटक म र अर्को केटासँग प्रेम गरेको र मसँग बाईक नभएकै कारण अर्कोसँग गएको पछि साथीहरुबाट थाहा पाएँ ।’
यसरी पहिलो प्रेममा धोका आएको एकवर्षपछि पनि प्रेमिकालाई भ्यालेन्टाईनमा रोज दिन नपाउँदा धोका खाएको यी अभिनेताको भनाई छ ।
‘अर्कोवर्ष भ्यालेन्टाईन डेमा अर्की प्रेमिकालाई रोज दिन जाँदा मापसे गरेका कारण लफडामा परियो । समयमा गुलाब दिएर फकाउन नसक्दा अर्की प्रेमिकाले पनि छाडेर गईन् ।’

यी अभिनेताले भने,‘यसरी पहिलो प्रेमिका र दोस्रो प्रेमिका दुबैलाई भ्यालेन्टाईन डेका दिन रोज (रातो गुलाब) दिन नसक्दा दुबै प्रेममा धोका खाएँ । तर यसपटक चलचित्र रोजमा आफ्नी प्रेमिकालाई रोज (रातो गुलाब) दिएर त्यो धोका मेटेको छु ।’
कुनै समय मोटर साईकल नभएर धोका खाएकी यी अभिनेता आजकाल रातो कारमा सयर गर्छन् । प्रदीपलाई आजकाल हजारौंको प्रेम प्रस्ताव आउने गरेका पनि छन् । ती प्रेम गर्नेहरु सबै आफ्ना प्रसँसाक (फ्यान) रहने गरेको यी अभिनेताको भनाई छ । यस्ता प्रसँसाकहरुले प्रदीपलाई प्राय रातो गुलाब दिने गरेका छन् । यस्तो गुवाबलाई उनले प्रसँसकहरुको आफुप्रतिको सम्मानको रुपमा लिने गरेको बताएका छन्,‘उहाँहरुले मलाई प्रेमीको रुपमा भन्दा पनि एउटा अभिनेताको रुपमा मायाँ गरेर रोज दिने गर्नु भएकाले उहाँहरुको मायाँलाई मैलै आदर र सम्मान गर्दै आएको छु ।’

कलेज जीवनमा धेरैपटक प्रेममा धोका खाएकै कारण आजकाल आफु युवतीहरुको प्रेमप्रति आसक्त हुन छाडेको उनले बताए । अहिले आफु जिम्मेवार कलाकार भएका कारण पनि प्रेममा आसक्ति भएर युवतीहरुको पछि लाग्नु नहुने अभिनेता प्रदीप खड्काको भनाई छ । त्यसैले आफुलाई प्रेम प्रस्ताव राख्दै रोज दिने कैयौं युवतीहरुको रोज ग्रहण गर्दै धन्यबाद दिने गरेको तर प्रेम प्रस्तावलाई स्विकार यही कारण नगरेको पनि यी उनले प्रस्ट पारेका छन् ।

चलचित्र रोजका दुई अभिनेत्री मेरुना मगर र पारमिता राज्यलक्ष्मी राणालाई पनि विभिन्न कार्यक्रममा यी अभिनेताले गुलाव दिने गरेका छन्। उनले पारमितालाई रोज (रातो गुलाब) र मेरुनालाई पँहेलो गुलाब दिने दिने गरेको बताए । आफ्नी दुई नायिकालाई फरक फरक रँगको गुलाब दिनुको कारण बारे यी अभिनेताले भने,‘रोजमा पारमिता मेरी प्रैमिका भएकाले उनलाई रोजनै दिने गरेको छु र मेरुना साथीको रुपमा रहेकाले उनलाई पँहेलो गुलाब दिने गरेको हुँ ।’

चलचित्र रोजको प्रचारका लागि बुधबार मोफसल यात्रामा निक्लने गरेका प्रदीपले हरेक कन्सर्टको शुभारम्भमा यी दुई अभिनेत्रीलाई यसरी रातो र पहेँलो गुलाब दिने पनि बताए । निरक पौडेल निर्देशित उनको यो चलचित्र २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

 

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्